बाँकेमा थप ९ जनामा कोरोना पुष्टि

नेपालगञ्ज । बाँकेमा आज थप ९ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संगै बाँकेका कोरोना संक्रमितको संख्या १ हजार ९ सय ८६ पुगेको छ । हालसम्म १ हजार ५ सय ४२ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ । भेरीमै गरिएको परीक्षणमा बर्दियाका ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्