तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर अस्पतालमा कोरोना सङ्क्रमणका कारण थप एक महिलाको मृत्यु

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण भक्तपुर अस्पतालमा थप एक महिलाको मृत्यु भएको छ ।

मध्यपुर थिमि नगरपालिका–८ की ७२ वर्षीया कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमले जानकारी दिनुभयो ।

मृतक महिलामा गत असोज ७ गते कोरोना सङ्ंक्रमण पुष्टि भएको थियो ।

काठमाडौंको एक अस्पतालमा उपचार गराइराखेकी ती महिलाको स्वास्थ्यमा जटिल समस्या आएपछि उक्त अस्पतालमा आइसियु नभएपछि भक्तपुर अस्पतालमा आइतबार रिफर भएर आएको मेसु. डा. गौतमले बताउनुभयो ।

उनको आइसियुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि भक्तपुर अस्पतालमै उपचारत कोरोना सङ्क्रमित सप्तरी घर भई हाल भक्तपुरको व्यासीमा बस्ने ४७ वर्षीय पुरुषको पनि बिहिबार मृत्यु भएको थियो । उनी खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि गत सोमबार अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले कोरोना सङ्क्रमण पुष्टि भएका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएकोे बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button