तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा पर्साका २३ जनासहित थप ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालामा गएराती पर्साको बिभिन्न स्थानबाट संकलन गरी ल्याइएको एक सय ७८ स्वाबको परिक्षण गर्दा २३ जना, बाराका बिभिन्न स्थानबाट संकलन गरी ल्याइएको २४ स्वाब परिक्षण गर्दा नौ जना र सिराहको लहानका थप एक जनाको गरी ३३ जनामा कोरोना संङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा थपिएका सङ्क्रमितहरु मध्ये पर्साको कालीकामाई गाउपालिकाका ११ जना, वीरगञ्ज महानगरपालिका वडा नम्बर १ मा सात जना, वडा नम्बर २ मा चार जना, वडा नम्बर ३ ४,८,११ र ३२ मा एक/एक जना धोबिनी गाउपालिका वाडा नम्बर २ मा एक जना, सखुवा प्रसौनी गाउपालीका वाडा नम्बर १ मा तीन जना, पोखरीया नगरपालीका वाडा नम्बर १ मा दुई जना, बीरगंजस्थित नेपाली सेनाको व्यारेकमा कार्यरत दुई जना सैनिक जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका पवक्ता डा. चौरसियाले बताउनुभयो ।

त्यसैगरी बाराको कलैया नगरपालीकामा दुई जना, कोल्भि नगरपालीकाको वडा नम्बर ४ मा एक जना, पचरौता गाउपालिका वाडा नम्बर १, बारागढी गाउपालीका वडा नम्बर १, सिम्रौनगढ नगरपालीका वडा नम्बर ९, निजगढ नगरपालीका वाडा नम्बर ३ र महागढिमाई नगरपालीका वडा नम्बर ९ मा थप एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको पवक्ता डा.चौरसियाले बताउनुभयो ।

यसैगरी नारायणी अस्पतालमा परिक्षण गराएका मध्ये सिराह लहानका एक व्यक्तिमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो ।

सङ्क्रमित मध्ये नौ जना महिला र २४ पुरुष रहेका छन् । सङ्क्रमितहरुको सिटि भ्यालु १८ देखि ३५ सम्म रहेको डा.चौरसियाले बताउनुभयो ।

वीरगञ्जमा पछिल्लो समय घट्दै गएको कोरोना सङक्रमितहरुको सङ्ख्या बजार र यातायात खुल्ला भएसँगै फेरी बढ्न थालेपछि सर्वत्र चिन्ता छाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button