बझाङमा २५ किलो चरेस सहित २ जना पक्राउ
बझाङ । बिहीबार बझाङ जिल्लामा २५ किलो चरेस सहित २ जना पक्राउ परेका छन् । खोडपे बझाङ सडकको वित्थडचिर गाउँपालिकाको लिम भएर पैदल हिँडिरहेका २ जना वाट चरेस बरामद गरिएको हो ।
चरेस सहित पक्राउ परेकाहरू जिल्लाको बुंगल नगरपालिका–२ घर भएर २५ वर्षीय धन बहादुर धामी र २८ वर्षीय धन बहादुर धामी रहेको डिएसपी रूपक खड्काले बताए । दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्