तपाईँ सुन्दै हुनुहुन्छः

एथलेटिक्सका पूर्व प्रशिक्षक साहको निधन

सप्तरी । सप्तरी राजविराज ४ बस्ने ६० वर्षीय एथलेटिक्सका पूर्व प्रशिक्षक रमेश प्रसाद साहको निधन भएको छ ।

काठमाडौको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा सोमबार साँझ ब्रेन एट्याकका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

एथलेटिक्स सघं सप्तरीका पूर्वसचिव समेत रहेका साह २०५२ साल असोज १ गतेदेखि प्रशिक्षक पदमा जागिरे जिवन सुरु गरी २०७५ कात्र्तिक २ गते सेवा निवृत भएका थिए ।

यसैबीच मंगलबार जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, पूर्व अन्तराष्ट्रिय खेलाडी श्रीलाल देव, प्रशिक्षक प्रशिक्षक्ष्ण विभागका प्रमुख राजकुमार परियारसहित खेलाडी प्रशिक्षक, समाजसेवी लगायतले खेलकुद विकास समितिको झण्डा ओढाएर उहाँलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

साहको शव सप्तकोशी किनारमा पुर्याएपछि साहका जेठा छोरा विकासले पार्थिव शरीरमा दागबत्ति दिएका थिए ।

उनका पत्नी, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button