पाल्पामा जंगली च्याउ खाँदा दुई जना विरामी
पाल्पा । तिनाउ गाँउपालिकाको अर्खलमा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् ।विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खलेका ३० वर्षकी मिना सारु र १४ वर्षको कमल सारु विरामी भएका छन ।
उनीहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको छ ।
उनीहरुलाई उपचारको लागि मंगलबार साँझ लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएकोे थियो । उनीहरुलाइ वान्ता र पखाला निरन्तर भइरहेको भएपनि स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्