तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषधसहित एक जना पक्राउ

सुनसरी । सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । सुनसरीको हरिनगरा–६ बस्ने २५ बर्षीय जिवराइल अन्सारी लागुऔषधसहित पक्राउ परेका हुन् ।

अन्सारीलाई गत सोमबार इटहरी–६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

अन्सारीले अवैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाइएसँगै प्रहरीको निगरानीमा रहेका उनलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको थियो ।

नियन्त्रण पश्चात उनले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाई राखिएको अवस्थामा १६ सय Nitrosun ट्याप्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसरी लागुऔषधसहित पक्राउ परेका उपर कानुनी कारवाही अगाडी बढाइएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button