तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज-नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा एक जना बैंक कर्मचारी सहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

परिक्षणको पछिल्लो विवरण अनुसार १ सय ९२ जनाको थ्रोट स्वाब परिक्षण गर्दा पर्साका २४ जना र बाराका एक जना गरी दुई महिलासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोे नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।

पर्सामा संक्रमण पुष्टि भएकामध्ये एक जना एभरेष्ट बैंकमा कार्यरत ३५ वर्षीय कर्मचारीपनि रहेका छन् । त्यसैगरी थपिएका अन्य संक्रमितहरुमध्ये अधिकतम वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेकोे नारायणी अस्पतालका प्रबक्ता डाक्टर चौरसियाले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का आठ जना, वडा नम्बर २१ का पाँच जना, वडा नम्बर २९ का दुई जना र वडा नम्बर १५ र १६ का एक÷एक जनागरी कुल १७ जना संक्रमित थपिएका छन् ।त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ का पाँच जना र सुवर्णपुर् वडा नम्बर ५ का पनि एक जना संक्रमित भएको प्रबक्ता डाक्टर चौरसियाले बताउनुभयो ।
त्यसैगरीे बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ७ का एक जनामा पनि संक्रमण देखिएको जानकारी प्रबक्ता डाक्टर चौरसियाले दिनुभयो ।

नयाँ पुष्टि भएका संक्रमितहरु १८ वर्षदेखि ७० वर्ष उमेर समुहसम्मका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले बताउनुभयो । प्रबक्ता डाक्टर चौरसियाले २४ भन्दा माथि सिटि भ्यालु भएको संक्रमितले अन्यमा संक्रमण फैलाउने सम्भावना न्यून रहेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button