तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण बढिरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोरोना संक्रमण बढिरहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले कोरोनाको जोखिम रहँदारहँदै पनि जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले अहिलेको अवस्थामा स्वास्थ्य सजगता अपनाउनुपर्ने र यसका लागि सबैको उच्चस्तरको सतर्कतासँगै साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो ।

सर्वसाधारणले सरकारी निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको भन्दै मन्त्री ज्ञवालीले चाडपर्वको समयमा अझ बढी सतर्क हुनुपर्ने बताउनुभयो ।

कतिपय ठाउँमा घरबेटीले डेरामा बस्नेलाई तथा उद्योगहरुले कामदारलाई पीसीआर परीक्षणका लागि बाध्य बनाउने गरेको सुन्नमा आएको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button