पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि डीपीआर तयार
पोखरा । पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले विस्तृत परियोजना विवरण डीपीआर तयार पारेको छ ।
पोखरा रंगशालाभित्र रहेको अहिलेको क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउनका लागि एक अर्ब ६० करोड रुपैयाँ लाग्ने अनुमान छ । प्रदेश सरकार गठन भएको तीन वर्षपछि एक सय ७४ रोपनी जग्गा प्रदेश सरकारले भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल सुरु भएको हो ।
विआरएस सोलुसन इन्जिनियरिङ्गले करिव १६ लाखको लागतमा निर्माण गरेको डिपिआरमा रंगशालाको क्षमता भने १८ हजार दर्शक क्षमताको हुनेछ । यसअघि यो मैदानलाई सरकारले नै बनाउने र त्यसमा क्यानले पनि सहयोग गर्ने बताएको थियो । अहिले पनि पोखरामा क्रिकेट मैदान निर्माणका लागि केन्द्रिय सरकारबाट पनि वर्षेनी बजेट जाने गरेको छ ।
नेपालमा पुर्वको झापा देखि पश्चिमको बैतडीसम्म क्रिकेट मैदान निर्माणको योजना रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्