तपाईँ सुन्दै हुनुहुन्छः

सुरुङभित्र ढुङ्गाले किच्दा एक जनाको मृत्यु

सोलुखुम्ब । सोलुखुम्बुको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको निर्माणाधीन सुरुङ्भित्र ढुङ्गाले लागेर गम्भिर घाइते भएका श्रमिकको मृत्यु भएको छ ।

निर्माणाधीन ८६ मेगावाटको हाईड्रोपवारको अडिट नं. ४ को सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते भएका श्रमिकको उपचारका क्रममा निधन भएको हो ।

हाईड्रोपावरको सुरुङमार्गभित्र शुक्रबार दिउसो काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर बोली समेत नआउने गरी घाइते भएका लिखुपिके गाउँपालिका–५ का ३६ वर्षीय रबि थामीलाई हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।

उपचारका क्रममा ग्राण्डी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभएको छ । थामीको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button