तपाईँ सुन्दै हुनुहुन्छः

२४ घण्टामा उपत्यकामा ८०९ जनामा कोरोना सङ्क्रमण


काठमाडौं । उपत्यकामा आज थप ८०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा ६ सय ३३, ललितपुरमा १०४ जना र भक्तपुरमा ७२ जना गरी आज उपत्यकामा थप ८ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर ५२४ जना महिला र एक हजार ४९ पुरुष गरी एक हजार जाँच सय ७३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७३ हजार तीन सय ९४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button