कोरोना सङ्क्रमितको उपचार गर्ने निजी अस्पतालको अनुगमन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ को सम्बन्धमा सरकारले गरेको काम कारवाहीको अनुगमन गर्न गठन गरेको उपसमितिले काठमाडौंमा कोरोना सङ्क्रमितको उपचार गराइरहेका निजी अस्पतालहरुको अनुगमन गरेको छ ।
संयोजक सांसद जीवनराम श्रेष्ठ नेृतत्वको टोलीले काठमाडौँ मेडिकल कलेज र ह्याम्स र ग्रान्डी इन्टरनेशनल अस्पताल पुगेर अस्पताल सञ्चालक र सङ्क्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुसँग पनि छलफल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्