तपाईँ सुन्दै हुनुहुन्छः

भुक्षय रोक्न खोला किनारहरुमा वृक्षारोपण

विराटनगर । वाढिका कारण हुने कटान तथा भुक्षय रोक्न खोला किनारहरुमा वृक्षारोपण गर्न थालिएको छ । डिभिजन वन कार्यालय मोरङले कटान हुन सक्ने सम्भावित स्थान तथा खोलाका वगरहरुमा वास लगायतका विरुवाहरु रोपेर वृक्षारोपण गर्न थालेको हो

रतुवा, डास, वक्राहा, चिसांग तथा गछिया लगायतका खोलाका किनारहरुमा वास लगायत खैयर तथा सिसौका विरुवा लगाएर वृक्षारोपण गरिएको सो कार्यालयका डिभिजन प्रमुख विशाल घिमिरेले वताउनुभयो ।

कार्यालयले सामुदायीक तथा साझेदारी वनको सहयोगमा गत आर्थीक वर्षमा ५० हेक्टर जग्गामा वृक्षारोपण गरि खोला किनारका पर्ती तथा ऐलानी जग्गालाई हराभरा वनाएको छ । सुन्दर हरैचा नगरपालिका अन्र्तगत पर्ने गछिया खोला किनारको २० विघा जग्गामा वास लगायत विभिन्न जातका विरुवा रोपिएको लोहन्द्रा केरावारी साझेदारी वनका सदस्य रमेश खडकाले वताउनुभयो ।

सरकारी स्तरमा मात्र नभई सामुदायिक तथा साझेदारी वनहरुले समेत विरुवा उपलव्ध गराउने र कतिपय स्थानमा उपभोक्ताहरु आफै गएर वृक्षारोपण गर्ने गरेका छन । यसरी लगाएका विरुवा हुर्काउन तथा रेखदेखमा समेत स्थानिय उपभोक्ता हरु समेत सक्रिय भएका छन

डिभिजन वन कार्यालयले गत आर्थीक वर्ष साढे ९ लाख विरुवा उत्पादन गरि सर्वसाधारण तथा विभिन्न संघसंस्थाहरुलाई वितरण गरेको छ । यस वाहेको व्यक्तिगत रुपमा निजि नर्सरीहरुले पनि विरुवा उत्पादन गरेर खोला किनार तथा पर्ती जग्गाहरुमा वास लगायतका विरुवा लगाउने गरेको पाईन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button