पर्वतको बाजुङ गाउँमा पाडापाडी काट्न रोक

पर्वत-पर्वतको मोदि गाउँपालिका वडा नम्बर ५ बाजुङमा भैंसीका लैना पाडापाडी काटेर खान रोक लगाईएको छ । बाजुङ खलित सञ्जालले लैना पाडापाडी काटेर नखाने सामूहिक निर्णय गरेको हो ।
स्थानीय जातका भैँसी संरक्षण गर्नुपर्ने निष्कर्ष सहित दलित समूदायले पाडापाडी काटेर नखाने निर्णग गरेका हुन् । गाउँमा दलित समूदाय भेला भएर अवका दिनमा पाडापाडी पाल्ने निर्णय गरेको बाजुङ दलित सञ्जालका सचिव लक्ष्मी परियारले जानकारी दिनुभयो ।
स्थानीय पारकोटे र लिमी जातका भैँसी लोप हुँदै गएको छन् । भैँसीले पाडापाडी जन्मिने वित्तिकै काटेर खाने चलनका कारण स्थानीय जातको भैसी हराउन थालेको र मूल्य समेत बढ्दै गएको छ । भैँसी संरक्षण गर्ने अभियान स्वरुप दलित समूदायले पाडापाडी नखाने र पाल्ने निर्णय गरेको परियारले बताउनुभयो ।
सञ्जालको निर्णय पालना नगर्नेलाई कारवाही गरिने भएको छ । पाडापाडी काटेर खाएमा ५ सय रुपैयाँ जरिवाना लगाउने निर्णय भएको दलित सञ्जालले जनाएको छ ।
वडाध्यक्ष दलबहादुर मल्लले दलित समूदायको भेलाले गरेको निर्णय सकारात्मक रहेको र वडाले पनि यो अभियानलाई कार्यान्वयन गर्न सहयोग गरेको बताउनुभयो । सभ्य समाज निर्माणका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था, जनप्रतिनिधि, राजनैतिक दल , समाजसेवी तथा बुद्धिजीवी एकजुट भएको वडाध्यक्ष मल्लले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्