चितवनमा मकवानपुरका एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ७४ बर्षीय पुरुष रहेका छन ।
अस्पतालका प्रेस संयोजक किशोर अधिकारीका अनुसार कैलालीका ती पुरुष श्वासप्रस्वास सम्बन्धी समस्या भएर भदौ ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको शुक्रबार स्वाव परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराती १२ बजेर १८ मिनेटमा मृत्यु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । ती वृद्धको अस्पतालको सघन कक्षमा राखेर उपचार भईरहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्