तपाईँ सुन्दै हुनुहुन्छः

चाडपर्वमा सङ्क्रमण रोक्न प्रदेश ५ ले बनायो रणनीति

रुपन्देही । प्रदेश ५ सरकारले चाडपर्वमा कोभिड–१९को जोखिम बढ्नसक्ने आँकलन गर्दै सङ्क्रमण रोक्न रणनीति बनाएको छ ।

भारतसँग सीमा जोडिएका ६ जिल्ला रहेकाले प्रदेश सरकारले सङ्क्रमणबाट जोगाउन सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने भएको हो ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले उच्च संक्रमणबाट जोगाउन चाडपर्वको समयमा सीमा क्षेत्रमा हुने छोटो अवधिको आवजावत पूर्ण नियन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले संक्रमितको उपचारका लागि डेलिकेटेट अस्पतालको क्षमता बिस्तार गर्ने, परीक्षणको दायरा बढाउने, व्यवसायिक संघसंस्थालाई स्वास्थ्य सुरक्षा सामग्री प्रयोगमा जिल्ला प्रशासनले विशेष अनुगमन गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

बैठकले चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन स्थानीय सरकारलाई पसरचालन गर्ने, उच्च संक्रमणको संभावना देखिएका स्थान वा क्षेत्रमा निश्चित समय शील गर्ने, शव व्यवस्थापनका लागि स्थानीय तह र प्रशासनलाई जिम्मेवारी दिनेलगायतका निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण र उपचारका लागि गरेका निर्णयहरु:

१. कोभिड–१९ को हालसम्मको आँकलन गर्दै यसको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने । नेपाल र भारत बीचका तोकिएका सीमानाकाबाट मात्र सुरक्षित र स्वास्थ्य मापदण्ड अनुसार आवागमनको व्यवस्था गर्ने, हेल्थडेस्क राख्ने, अभिलेख राख्ने र आवश्यक सचेतनाका लागि प्रचाररप्रसारको व्यवस्था सम्बन्धित म्ऋऋःऋ ले मिलाउने ।

२. कोभिड–१९ को उच्च सङ्क्रमणलाई मध्यनजर गर्दै चाडपर्वको समयमा नेपाल र भारत बीच हुने छोटो अवधिको आवत जावतलाई पुर्व नियन्त्रण तथा निरुत्साहित गर्ने ।

३. कोभिड बिरामीको उपचारको लागि मौजुदा भौतिक र स्वास्थ्य पूर्वाधारको क्षमताले नभ्याउने सम्भावना रहेकोले तत्काल लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल धागो कारखाना) र दाङ्ग बेलझुण्डी आयुर्वेद अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीहरुको उपचारको लागि ज्ष्नज म्भउभलमभलअथ ग्लष्त (इहथनभल त्जभचबउथ०) को सेवा बिस्तार गर्नको लागि सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने ।

४. लक्षण देखिएका शंकास्पद बिरामीको पिसीआर परिक्षणको व्यवस्था मिलाउन र जिल्ला÷जिल्लामा पिसीआर परीक्षणको लागि आवश्यक सिफारिस र व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयले मातहतका स्वस्थ्य संस्थाहरुको प्रभावकारी परिचालन गर्ने । प्रयोगशालाबाट लक्षण देखिएका बिरामीको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउनको लागि मौजुदा प्रयोगशालालाई सुदृढ बनाउने ।

५. स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गराउनको लागि सार्वजनिक र निजी संस्थाहरु, सार्वजनिक स्थल र सार्वजनिक यातायात लगायतको स्थानमा अनिवार्य मास्कको प्रयोगगर्न लगाउने । सम्बन्धित सेवाग्राही तथा सरोकारवालालाई सर्वसुलभ तवरले सर्जिकल मास्क उपलब्ध हुने व्यवस्था सम्बन्धित निकाय वा संस्थाले गर्ने ।यसको अनुगमन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गर्ने ।

६. सार्वजनिक यातायातमास्वास्थ्य मापदण्डलागु गर्ने ।स्वास्थ्य मापदण्डलागु भए नभएको बिषयमा शुरुवाती प्रस्थान बिन्दु, यात्रु चढाउने र ओराल्ने बिन्दुमा प्रभावकारी अनुगमनको व्यवस्था नेपाल प्रहरीले गर्ने ।

७. कोभिड–१९ को जोखिम न्यूनिकरण र यसबाट बँच्नको लागि सूचना तथा सचेतनामुलक प्रचार प्रसारको कार्य सम्बन्धित स्थानीय तहहरुले गर्ने, प्रदेश स्तरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने साथै गाँउ÷गाँउ र टोल÷टोलमा आवश्यक सचेतना र सूचना प्रवाहको लागि बिद्यालयका शिक्षकहरुलाई सामाजिक विकास मन्त्रालयले परिचालन गर्ने ।

८. कोभिड – को सङक्रमण उच्च हुने सम्भावना देखिएमा जुन स्थान वा क्षेत्रमा बढि प्रभाव देखिन्छ, त्यस स्थानलाई मात्र निश्चित समय सिल वा निषेधित क्षेत्रको रुपमा घोषणा गरी अन्य क्षेत्रको दैनिक जिवनलाई सहज बनाई राख्ने ।

९. शव व्यवस्थापनको लागि आवश्यक पर्ने श्रोत साधनको प्रबन्ध सम्बन्धित स्थानीय तहहरुले गर्ने र सो को लागि तत्काल गर्नुपर्ने समन्वय सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मिलाउने ।

१०. विद्यालय संचालन हुने अवस्थामा विद्यालयहरुमा रहेका क्वारेन्टीन र आईसोलेसन सेन्टरहरुलाई क्रमशः बैकल्पिक व्यवस्था गर्दै स्थानान्तरण गर्ने । आवश्यकता अनुसार शैक्षिक संस्थाहरुलाई मर्जरको नीति अवलम्बन गर्दै संक्रमण कम भएको जिल्लामा संचालन गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने ।

११. कोरोना रोग नियन्त्रण तथा उपचार कोषमा तत्काल अर्थ विविध शीर्षकबाट रु.१० करोड रकम उपलब्ध गराउने । सो को आवश्यक व्यवस्था नियमानुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने ।

१२. धार्मिक /साँस्कृतिक चाडपर्व मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी मनाउन सम्बन्धित स्थानीयतहले जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button