बीरगञ्जमा उपचारको क्रममा एक सङ्क्रमितको मृत्यु

बीरगञ्ज । बीरगञ्जमा उपचारत जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । बीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटेल बाबा ईन्टरनेशनलको आइसोलेसनमा उपचाररत पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ का ७७ वर्षीय पुरुषको
गएराति मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभयो ।७७ वर्षीय पुरुषको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ ।
मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा थप उपचारकालागी लगिएको र उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिनुभयो ।
मृतक पुरुषको शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको समेत प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्