आईपीएलः बैंगलोरका कप्तान कोहलीलाई जरिवाना
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) ले रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीलाई जरिवाना गरेको छ ।
आईपीएल अन्तर्गत बिहीबार राति किङ्स इलाभेन पन्जाबविरुद्धको खेलमा ‘स्लो ओभर’ गरेको भन्दै कोहलीलाई जरिवाना गरिएको हो ।
आईपीएलले कोहलीलाई १२ लाख भारु जरिवाना गरेको हो । पन्जाबविरुद्धको खेलमा बैंगलोर ९७ रनले पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्