तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप ६१ जना कोरोा सङ्क्रमित निको भई घर फर्किए

पाल्पा । पछिल्लो पाल्पामा थप ६१ जना सङ्क्रमितले कोरोना जितेर घर फर्किएका छन् ।सङ्क्रमण देखिएपछि विभिन्न आइसोलेसन र होमआइसोलेसनमा रहेका ६१ जना घर फर्किएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिकाका आठ जना, रामपुर नगरपालिकाका एक जना, पूर्वखोला गाउँपालिकाका एक जना, रम्भा गाउँपालिकाका नौ जना, बगनासकाली गाउँपालिकाका १० जना, तिनाउ गाउँपालिकाका नौ जना, रिब्दीकोट गाउँपालिकाका एक जना, तानसेन नगरपालिकाका ११ जना र जिल्लाका अस्पतालहरुमा उपचारत ११ जना सङ्क्रमितले कोरोना जितेका छन् । १४ दिन आइसोलसशन सेन्टरमा रहेर उनीहरु घर फिर्ता भएका हुन् ।

पाल्पामा कोरोना सङ्क्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ ।

आइसोलेसन र होम आइसोलेसन सेन्टरहरुमा रहेका व्यक्तिहरु नेपाल सरकारको मापदण्ड अनुसार तोकिएको समयमा आइसोलेसनमा बसेर घर फिर्ता भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पामा अहिलेसम्म सङ्क्रमित मध्ये छ सय ४९ जनाले कोरोना जितेका छन् । पाल्पामा कुल सङ्क्रमितको संख्या सात सय २७ पुगेको छ । जसमध्ये एक सय ३९ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् ।

त्यस्तै १६ जना स्वास्थ्यकर्मी समेत कोरोना सङ्क्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button