पद्धतिभन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न सरकारलाई आग्रह गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तीमा नेकपा सचिवालयको बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा आफूलाई संलग्न गराएको भन्दै यस्तो क्रियाकलापले संवैधानिक निकायको गरिमा अन्त्य हुने उल्लेख गरिएको छ ।
यस्तै , कांग्रेसले हुम्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधारबिना धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्