सुनसरीमा थप १२ जना कोरोना सङ्क्रमित थपिए
सुनसरी । सुनसरीमा आज १२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार आज थपिएका हरुमा धरानका तीन महिला दुई पुरुष गरी पाँच जना, दुहबीका एक महिला दुई पुरुष गरी तीन जना, इटहरीमा दुई जना पुरुष, बराहाका एक जना पुरुष र गढी गाउँपालिकाका एक पुरुष गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय ७३ पुगेको छ । अहिलेसम्म नौ सय ७० जना निको भएका छन् भने सुनसरीमा १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्