तपाईँ सुन्दै हुनुहुन्छः

बारा, पर्साका थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रिएजेन्ट किट उपलब्ध भएसँगै पिसिआर परिक्षण पुनः सुरु भएको छ ।

अस्पतालले बुधबारदेखि पिसिआर प्रविधिबाट कोरोना परिक्षण पुनः सुरु गरेको हो । गएराति भएको परिक्षणमा थप १४ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बुधबार अबेर रातिसम्म चलेको पिसिआर परिक्षणको नतिजा आउँदा नौ जना महिलासहित १४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पर्साका ११ जनासहित थप १४ जनामा सङ्क्रमण देखिएको अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो । पर्साका एक सय ९७ जना र बाराका जम्मा नौ जना गरी दुई सय छ जनाको स्वाब परिक्षण गरिएको उहाँले बताउनुभयो ।

१४ जना थपिएका सङ्क्रमति मध्ये पर्साका १/ १ जना रहेका छन् भने बीरगन्ज महानगरपालिकामा वडा नम्बर ३ का तीन जना, वडा नम्बर १० र २८ का दुई / दुई जना र वडा नम्बर २, ४, १० र २० का एक/एक जना रहेका छन् ।

विपद् व्यवस्थापन गुल्मका एक जना, त्रिजुद्ध स्कुलस्थित क्वारेन्टिनमा रहेका तर ठेगना नखुलेका एक जना र काठमाडौँका एक जना गरी तीन जना रहेको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button