पाल्पा फोक्सिङकोट र सुरुङडाँडामा पहिरो : एक जनाको मृत्यु, ५ जना अझै बेपत्ता (अपडेट)

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर ३ सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
वीरबहादुर गाहाकी २७ वर्षीय श्रीमती मोतिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।
त्यस्तै रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङकोटमा पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । उनीहरूको उद्धार गर्ने प्रयास भइरहे पनि पानी परिरहेको र पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्