तपाईँ सुन्दै हुनुहुन्छः

कोरनाका कारण डडेल्धुरामा एकजनाको मृत्यु

डडेल्धुरा- कोरनाका कारण डडेल्धुरामा गएराती एकजनाको मृत्यु भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको उपचारका लागी डडेल्धुरा अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भईसकेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

केही दिन अघि मात्रै भारतबाट घर फर्किएका उनमा स्वास्प्रश्वासको समस्या रहेको परिवारश्रोतले जानकारी दिएको छ । भारतमै रहदा उनमा कोरोना पोजेटिभ देखिएको र घर आएपछि थप स्वास्थ्यमा समस्या आउन थालेपछि उपचारका लागी डडेल्धुरा अस्पताल पु¥याएको थियो ।

तर उनको उपचार हुन नपाउदै बाटोमै मृत्यु भईसकेको डडेल्धुरा अस्पताल डडेल्धुराका निमिक्त मेसु डा.जगदिशचन्द्र बिष्टले जानकारी दिनुभयो । अस्पतालमा पु¥याईएको भएपनि उनको स्वासप्रश्वासको गति बन्द भईसकेपछि अस्पतालले मृत घोषणा गरिएको थियो ।

मृतकको शब परिक्षण गर्दा कोरना पोजेटिभ देखिएको र शब ब्यबस्थापनका लागी डडेल्धुरा स्थित गरुडदल गण दह ब्यारेकसंग समन्वय भईरहेकोले छिट्टै ब्यबस्थापन गरिने अस्पतालका निमिक्त मेसु बिष्टले जानकारी दिनुभएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button