तपाईँ सुन्दै हुनुहुन्छः

आगामी तीन दिनको मौसम पूर्वानुमान कस्तो छ ?

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ ।उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन नेपालको धेरै स्थानमा वर्षा हुनाका साथै तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गले भने, “मनसुन अन्य हुने औसत समय सेप्टेम्बर २३ अर्थात् बुधबार भए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ ।”

वर्षा र बदली गराउने न्यूनचापीय प्रणाली नेपालमा अझै चारपाँच दिन रहने भएकाले मनसुन पनि ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । त्यस्तै बढी पूर्वानुमान महाशाखाले आगामी पाँच दिन असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गरेको छ । पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा गर्नुपरेमा उच्च सतर्कतासाथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

हाल देशका प्रदेश नं १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र अन्य प्रदेशमा सामान्य बदली रहेको छ । साथै वाग्मती र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ७ गते (बुधबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

असोज ८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
राती : देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १-२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ।

असोज ९ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा र१-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।
राती : प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा पुर्णतया बदली रही बांकी प्रदेशहरुमा सामान्य बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा धेरै स्थानहरूमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा र १-२ स्थानहरुमा धेरै भारी वर्षाको समेत संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

सबै प्रदेशका थोरै-थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button