सामाजिक सेवा दिवशको अवसरमा मृतक परिवारलाई आर्थिक सहयोग
सिन्धुपाल्चोक -घुम्थाङ नागपुजे भीरखर्क पहिरोमा परिवारका सदस्य गुमाएकाहरुलाई नगद सहयोग प्रदान गरिएको छ । घुम्थाङको विपतिमा छिमेकी गाउँ गातीका स्थानीयले आर्थिक संकलन गरेर मृतकका परिवारलाई सहयोग प्रदान गरेका हुन् । गाती यूथ क्लबको अगुवाईमा स्थानीय समुदायबाट संकलित रकम मंगलबार सामाजिक सेवा दिवशको अवसर पारी पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।
बाह्रबिसे ६ का वडाध्यक्ष मोहनलाल श्रेष्ठ र ७ नम्बर वडाका वडाध्यक्ष मीनबहादुर श्रेष्ठ मार्फत मृतक परिवारलाई प्रदान गरिएको हो । स्थानीय यूवा तथा आमा समुहको सक्रियतामा सहयोग संकलन गरि मृतक परिवारसम्म पु¥याइएको स्थानीय मणी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक परिवारलाई २३ हजारका दरले सहयोग प्रदान गरिएको छ । ‘छिमेकी वडामा यति ठूलो विपत आइपरेपछि हामीले सहयोग संकलन गरि मृतक परिवारसम्म पु¥याएका हौँ’, श्रेष्ठले भन्नुभयो । स्थानीय क्लब, संघसंस्था, ब्यक्ति र बिदेशबाट गरि २ लाख ०५४ हजार सहयोग जुटेको थियो । भुकम्पपछि गातीमा बिद्यालय निमाृणमा आएका जर्मन नागरिकहरुले पनि पहिरोपीडितका लागी सहयोग रकम पठाएका छन्
प्रदेश सांसद निमा लामाको पहलमा बोल्देबासीलाई राहत
हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडित घरधुरीलाई वागमती प्रदेशका सांसद निमा लामाको पहलमा राहत उपलब्ध गराइएको छ।
राहत वितरण कांग्रेस जिल्ला सभापति विकास लामा, क्षेत्रीय सभापति आइतमान तामाङ वडाध्यक्ष हर्क बहादुर तामाङ लगायतको टिमले बोल्देका ६० घरधुरीलाई राहत सामाग्री दिएको हो।प्रदेश संसद निमा लामाका अनुसार पिडित घरधुरीलाइ २ बोराका दरले चामल, दाल, तेल, नुन, साबुन, ब्याङकेट, ज्याकेट, बाल्टिन, र कम्मल दिएको हो।








प्रतिक्रिया राख्नुहोस्