चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव भेटियो
रुपन्देही-रुपन्देहीमा ४ दिनअघि हराएका एक स्वास्थ्यकर्मीको शव आज फेला परेको छ । बुटवलबाट बेपत्ता सिनियर अहेब बिष्णुप्रसाद नेपालको शव तिलोत्तमा१६ मधवलिया बिहुलीस्थित १६र३६ नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले जानकार्री दिनुभयो ।
गत बिहीबार राति बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं. को मोटरसाइकलमा निस्केकोमा घरमा नगई बेपत्ता भएका थिए । मोटरसाइकल अर्को दिन भेटिएपनि शव आज भेटिएको हो ।








प्रतिक्रिया राख्नुहोस्