प्रदेश ५ मा एकैदिन ६ सय १ जना डिस्चार्ज
रुपन्देही– प्रदेश नम्बर ५ मा एकैदिनमा ६ सय १ जना डिस्चार्ज भएका छन् । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले पछिल्लो २४ घण्टामा ६ सय १ जना डस्चार्ज भएको बताउनुभयो । यो संगै प्रदेश ५ मा कोरोना जित्नेको संख्या ७ हजार २ सय ८९ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश ५ मा थप १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये महिला ३२ जना र पुरुष ८३ जना रहेका छन् । सोमबार थपिएकामध्ये नवलपरासी पश्चिमका ५४ जना, बाँकेका ३७ जना, रुपन्देहीका ११ जना, पाल्पाका ३ जना, कपिलवस्तु, प्युठान र रुकुम पूर्वका २÷२ जना तथा दाङ र गुल्मीका १÷१ जना संक्रमित थपिएका हुन् ।
सोमबार थपिएका संगै प्रदेश ५ मा कुल संक्रमितको संख्या ९ हजार २ सय ९४ पुगेको छ । प्रदेश ५ मा उपचाररत संक्रमितको सख्या १ हजार ८ सय ३१ पुगेको छ । उनीहरुमध्ये २ सय ६१ लाई बिभिन्न लक्ष्यणहरु देखिएको मन्त्रालयले जनाएको छ । कोरोनाकै कारणले मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्