एसिड आक्रमण नियन्त्रण सम्बन्धी ऐन संशोधन गर्ने तयारी
काठमाडौँ । सरकारले एसिड आक्रमणका समबन्धमा भएको ऐनलाई संशोधन गर्ने तयारी गरेको छ ।
संशोधन गर्दा के कस्ता कुराहरु थप्नुपर्ने भन्ने सन्दर्भमा सम्बन्धीत पक्षहरुसँग छलफल गर्ने क्रममा आज कानुन न्याय तथा संसदिय मामिला मन्त्रालयले चिकित्सकहरुसँग छलफल गरको छ ।
छलफलका क्रममा चिकित्सकहरुले एसिड आक्रमण गर्नेहरुलाई जलन र क्षतिको मात्रा हेरेर जन्मकैदसम्मको सजायको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सुझाव दिनुभएको छ ।
नेपालमा वर्षेनी विभिन्न प्रकारका जस्तै पेट्रोल, आगो, एसिड लगायतका जलन बाट ३० देखि ४० हजार मानिसहरु घाइते हुने गरेका छन् भने करिव २५ सय जनाको यसबाट मृत्यु हुने गरेको तथ्याङक छ ।
यस्ता जलनबाट पिडितहरूको उपचार तथा पुनस्थापनलाई सहज तुल्याउन तथा कसूर गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारले आवश्यक कानून तर्जूमाको सुरूवात गरेको छ ।
छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सरसकारले सबै सरोकारवालसँग समन्वय र छलफल गरी कानुन निर्माण सम्वन्धी काम अगाडि बढाउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्