बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

बाँके । कोरोना सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्य भएको छ । नेपालगन्ज वडा नं १ का ४५ बर्षीय एक पुरुषको आज ५ः१० मृत्यु भएको हो ।
मृतकको भदौ ३१ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । भदौ २९ गते स्वास्थ्यमा समस्या भई नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ती सङ्क्रमित पुरुषलाई दुबै फोक्सोमा निमोनिया भई एआरडीएस्म भई मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले बताउनुभयो ।
योसँगै बाँके जिल्लामा कोरोनाको कारण मृत्यु हुनेको संख्या नौ पुगेको छ ।







प्रतिक्रिया राख्नुहोस्