पौडीवाज नयना शाक्यलाई कोरोना भाईरसको संक्रमण
काठमाडौं । ओलम्पियन पौडीवाच नयना शाक्यलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता नयनासँगै उनको परिवारका सदस्यलाई समेत कोरोना देखिएको छ ।
नयनाले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु र परिवारलाई कोरोनाको संक्रमण देखिएको बताएकी छन् । नयनासँगै उनका पति पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभानलाई कोरोना देखिएको हो ।








प्रतिक्रिया राख्नुहोस्