तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी प्रयोगशालामा पिसिआर मेसिन जडानको काम सम्पन्न

बैतडी । प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसीआर प्रयोगशालामा मेसिन जडानको काम सम्पन्न भएको छ ।

सोमबारदेखि सुरु भएको जडान कार्य आज सम्पन्न भएको हो । मेसिन जडानको काम १ जना बायोमेडिकल इन्जिनियर, २ जना बिएमएलटी र २ जना सिएमएलटीको टोलीले गरेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर डम्बरजंग सिंहले जानकारी दिनुभयो ।

उक्त प्रयोगशालाको उद्घाटन असोज १ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रयोगशालाको उद्घाटन प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button