तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा उपचारको क्रममा बाराकी ५५  वर्षीया संक्रमित महिलाको मृत्यु

बीरगंज । बीरगन्जमा उपचाररत बाराकी ५५ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १४ डुमरवाना निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरासियाले जानकारी दिनुभयो ।
उच्च रक्तचाप र मधुमेह रोगी महिलालाई स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान मात्रै उपचारकालागी नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको अवस्थामा उनको गए राति मृत्यु भएको प्रवक्ता डाक्टर चौरसियाले बताउनुभयो ।
मृतक महिलाको हिजो जिन एक्सपर्ट प्रविधिबाट कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको प्रवक्ता डाक्टर चौरासियाले बताउनुभयो ।

कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button