मध्यपहाडी लोकमार्ग तीन दिनदेखि अबरुद्ध

पर्वत । पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बिगत तीनदेखि अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका १ सहस्राधारामा आएको ठूलो पहिरो अझै पन्छाउन नसक्दा यातायात सञ्चालन हुन सकेको छैन । पहिरो झर्ने क्रम नरोकिँदा पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिस श्रेष्ठले बताउनुभयो । शनिवार बिहान खसेको पहिरो पन्छाउन नसक्दा पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ जिल्लाको यातायात सेवा ठप्प भएको छ ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भीरमाथीबाट निरन्तर पहिरो खसिरहेको छ भने पहिरोको बीच भागमा केही ठूला ढुंगाहरू अडकिएका छन् । पहिरो खस्न नरोकिएसम्म पन्छाउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । सडक बन्द हुँदा पोखरा रिफर हुने विरामीलाई लैजान समस्या भएको र दैनिक उपभोग्य सामाग्री बोक्ने सवारी साधान बाटोमै रोकिएका छन् ।
निरन्तर वर्षा भैरहेकाले पहिरो रोकिएको छैन । सडकबाट झन्डै आधा किलोमिटर माथिबाट खसेको पहिरोले सडकको करिब ५० मिटरभन्दा बढी भाग पुरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्