तपाईँ सुन्दै हुनुहुन्छः

तिलाठी कोइलाडी गाउँपालिकामा प्रसुति सेवा केन्द्र सञ्चालन

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबारदेखि प्रसुति सेवा केन्द्र सञ्चालन गरेको छ ।

गाउँपालिका वडा नम्बर–८ स्थित रहको प्रसुति गृहको केनद्रलाई राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह र प्रदेश नं. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

समारोहमा वोल्दै राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले प्रसुति सेवा केन्द्रलाई नमूना बनाउन सबैसँग आग्रह गर्नुभयो ।

समारोहमा प्रदेश नम्बरं. २ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री साहले मातृ, बाल तथा शिशु मृत्युदर अत्यधिक रहेको हुँदा त्यसलाई घटाउन सबैको सकारात्मक पहल हुनु जरुरी रहेको बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले तिलाठी, लौनिया र सकरपुरामा समेत अबिलम्ब प्रसुति सेवा केन्द्र सञ्चालन गरिने बतानुभयो । तोपा प्राथमिक स्वास्थ्य केन्द्रमा निकट भविष्यमै टेलीमेट्री प्रणालीबाट सेवा प्रदान गरिनुका साथै एक्स रे सेवा तथा आकस्मिक सेवा समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button