तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश डायरी कार्यक्रम सञ्चालनका लागी प्रदेश सरकार र रेडियो नेपालबिच सम्झौता

विराटनगर । प्रदेश न १ सरकारले गरेको कामलाई जनता समक्ष सहज रूपले पु¥याउन रेडियो नेपालले अव देखी प्रदेश डायरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारले १४ वटै जिल्लामा गरेका विकास निमार्ण तथा विभिन्न गतिविधिलाई समेटेर रेडियो नेपालले प्रदेश डायरी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सो विषयमा प्रदेश न १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र रेडियो नेपाल प्रादेशिक कार्यालय धनकुटाविच आज सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानुनमंत्री हिक्मत कार्कीको उपस्थितिमा मन्त्रालयका निमित्त सचिव कमलवहादुर थापा र धनकुटा प्रसारण केन्द्रका कार्यक्रम संयोजक नयराज नेपालले कार्यक्रम सञ्चालनका लागी सयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र धनकुटावाट असोज महिना देखी प्रत्येक शुक्रवार अपराह्न सवा चार बजेदेखि आधा घण्टा साप्ताहिक रूपमा कार्यक्रम प्रसारण हुने सम्झौता पत्रमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकारी सञ्चार माध्यमको रूपमा रहेको रेडियो नेपालले एक कदम अगाडी बढेर जनतालाई सत्य तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले अरू रेडियोभन्दा स्तरीय कार्यक्रम उत्पादन गरेर प्रदेश सरकारले गरेको कामलाई जनता सम्म पुु¥याउन तथा जनताको गुनासालाई सरकारले सम्म सहज रूपले कसरी पु¥याउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले जनतासङ जोडिएका जनजीविकाका सवाल तथा गरिबी निवारणमा मद्दत पुग्ने कार्यक्रम सञ्चालन गरेर रेडियो नेपाललाई नेपाली जनताको रेडियो बनाउने गरी जनताको आवाजलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडियो नेपाल धरान ट्रान्समिसन केन्द्रका प्रमुख सुुरेस बास्तोलाले प्रदेश सरकारले गरेको हरेक कार्यक्रम र गतिविधिलाई रेडियो नेपालबाट थप प्रभावकारी रूपमा जनता सम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश डायरी कार्यक्रम ४३ हप्तासम्म निरन्तर प्रसारण हुने कार्यक्रम संयोजक नेपालले वताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button