तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगरका मेयर पराजुली क्वारेन्टाइनमा

सुनसरी । विराटनगरका मेयर भीम पराजुली सेल्फ क्वारेन्टाइनमा बसेका छन् । पराजुलीका चालकलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई आइतबार कोरोना पुष्टि भएपछि मेयर पराजुलीले पनि स्वाब दिएका थिए ।

उनको रिपोर्ट नेगेटिभ आएको छ । तर चालकलाई कोरोना संक्रमण भएपछि उनी क्वारेन्टिनमा बसेका हुन् ।

मेयर पराजुलीले निजी सचिवालयका सहयोगीका साथ महानगरले नै व्यवस्थापन गरेको जैन भवनको क्वारेन्टिनमा बसेको बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकारीलाई कोरोना पुष्टि भएपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button