सेती नदीमा बगेर एक महिला बेपत्ता
डोटी । सेती नदीमा बगेर एक महिला बेपत्ता भएकी छन् ।
जिल्लाको शिखर नगरपालिका वडा नं. ६ कोट बस्ने अन्दाजी ३२ वर्षकी तुलसी बलायर गाउँ नजिकै सेती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिए ।
सोमबार बिहान करिब १० बजेतिर पानी लिन नदीमा गएको बेला चिप्लिएर नदीमा खसेको र नदीले बगाएर बेपत्ता भएको बताईएको छ ।
उनको तिल्ताली प्रहरी चौकीका असई रघुनाथ ओझा नेतृत्वको टोली र स्थानीय बासीहरुले खोजी कार्य जारी राखेको जनाईएको छ ।








प्रतिक्रिया राख्नुहोस्