तपाईँ सुन्दै हुनुहुन्छः

राहत लिएर आउने दाताहरूलाई स्थानीय तहसँग समन्वय गर्न आग्रह

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक घुम्थाङ भीरखर्क–नागपुजे पहिरो पीडितका दाताहरूले राहत लिएर आउने क्रम सुरु भएपछि बाह्रबिसे नगरपालिकाले विषम परिस्थितको ख्याल गर्दै भीड जम्मा गरेर आफूखुसी राहत नबाँड्न सार्वजनिक अपिल गरेको छ । स्वास्थ्य सुरक्षाको ख्याल गर्दै एक द्वार प्रणालीबाट राहत वितरण गर्ने भन्दै बाह्रबिसे नगरपालिकाले दाताहरू नगरपालिकासँग समन्वय गर्न आग्रह गरेको हो ।

कोरोना भाइरसको जोखिमका कारण भिडभाड गर्न नहुने, भौतिक दुरी कायम गर्नुपर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गरेर पहिरो पीडितलाई नगरपालिकाले राहत उपलब्ध गराउने बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । ‘पीडितको घाउमा राहतको मल्हम पट्टी लिएर आउनुहुने दाताहरूलाई नगरपालिकासँग समन्वय गर्न आग्रह गरेका हौँ’, प्रमुख शेर्पाले भन्नुभयो ।

एक द्वार प्रणालीमा पहिरो पीडितका सेल्टरमा राहत पु¥याउने नीति अनुरूप समन्वयका लागी दाताहरूलाई आग्रह गरिएको उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिनुभयो । ‘परिस्थिति अलि जटिल छ, राहत सामाग्रीसँगै पहिरो पीडितका बस्तीमा कोरोना भाइरसले प्रवेश नगरोस् भनेर समन्वयका लागी अपिल गरिएको हो’, पाख्रिनले भन्नुभयो ।

बाह्रबिसे नगरपालिकाले आइतबार साँझ नै पीडितको अस्थायी वासका लागी ४५ थान टेन्ट नागपुजे पु¥याएको छ । पीडित विस्थापितहरूलाई टेन्टमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button