तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमित महिलाबाट आइसोलेसनमा बच्चा जन्मियो

ओखलढुङ्गा । ओखलढुङ्गामा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्मदिनु भएको छ । कोरोना संक्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी जिल्लाकी एक महिलाले बच्चा जन्माउनु भएको हो ।

कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माएको ओखलढुङ्गा सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले बताउनुभयो । आमालाई आइतबार संक्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उहाँको भनाई छ । ‘कोरोना संक्रमण देखिएकी महिलाबाट शिशुको जन्म भएको छ ।’ उहाँले भन्नुभयो, ‘सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो । अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।’ नर्मल डेलिभरी भएकाले अप्रेसन गर्नु नपर्दा थप जोखिम नभएको उहाँको भनाई छ । अस्पतालले संक्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

ओखलढुङ्गा सामुदायिक अस्पतालले कोरोनाको संक्रमण बढ्दै गएपछि संक्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । संक्रमित महिलाहरूको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र अपरेसन थिएटर सञ्चालनमा ल्याइएकाले सङ्क्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button