तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप एक जना कोरोना सङ्क्रमितको महिलाको उपचारको क्रममा मृत्यु

बीरगंज । वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमित महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पतालमा विगत १६ दिनदेखि उपचाररत वीरगन्ज महानगरपालिका वडा नम्बर–१० निवासी ५५ वर्षीया महिलाको आज बिहान २ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेशकुमार चौरसियाले बताउनुभयो ।

मृतक महिला भदौ १२ मा कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएकी थिइन् । सङ्क्रमित महिलामा दुवैतर्फ छातीमा कडा खालको निमोनिया देखिएको तथा फोक्सोमा समस्या कारण श्वासप्रश्वासको समस्या र शरीरमा अक्सिजनसमेत नपुगेको अवस्थामा मृत्यु भएको प्रवक्ता डा.चौरसियाले बताउनुभयो ।

हालसम्म पर्सामा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button