तपाईँ सुन्दै हुनुहुन्छः

इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी

काठमाडौं । इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले विजयी भएको छ ।

२ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ९ विकेट गुमाएर २ सय ७५ रनमा समेटियो । अष्ट्रेलियाले पहिलो जितसंगै तीन एक दिवसीय श्रीङखलामा १–० को अग्रता बनाएको छ ।

इङल्याण्डका साम विलिङ्सले १ सय १८ रन बनाउदैं शतक पुरा गरेपनि खेल आफ्नो पक्षमा पार्न सकेनन ।

यस्तै, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो ।

खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए ।

तीन खेलको श्रृङ्खला अन्तर्गतको दोस्रो एकदिवसीय भोली हुनेछभने अन्तिम खेल बुधबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button