कृषिजन्य सामग्रीको उत्पादन गाउँपालिकाले खरिद गरी बिक्री गरिदिने
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको उत्पादन खरिद गरी बिक्री गरिदिने भएको छ ।
गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो ।
यसका लागि गाउँपालिकाभित्रका विभिन्न प्रकारका कृषि सामग्रीको मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री सङ्कलन गर्न आग्रह गरिएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो ।
महिला समूहले बनाएका मस्यौरा, सिन्की (गुन्द्रुक) बेसार, कोदो ,बोडी मकै लगायतका उत्पादन खरिद गरिदिने र उक्त सामाग्री बुटवल लगि संस्थामार्फत बिक्री बितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्