विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण सुरु
बर्दिबास । विश्व वातावरण दिवसको अवसरमा महोत्तरीमा वृक्षारोपण सुरु गरिएको छ । ‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मुल नाराका साथ प्रदेश वन विकास तथा व्यवस्थान कार्यक्रम अन्तर्गत बर्दिबाससिथत नेवारडाँडा—कामीडाँडा सामुदायिक वनको खाली ठाउँबाट वृक्षारोपण सुरु गरेको हो ।
दिवसको अवसरमा प्रदेश सभा सदस्य सारदा देवी थापा सहितका स्थानीयले नेवारडाँडा—कामीडाँडाको भिरपाखामा पहिरो रोकथामका लागि चार सय बासका विरुवा रोप्न सुरु गरेका छन् ।
चुरे जोगाउँ, मधेश बचाउँ भन्ने नाराका साथ डिभिजन वन कार्यालय महोत्तरी एक सात अघिदेखि नै वृक्षारोपण कार्यक्रम थालिसकेका छन् । चालु आर्थिक वर्षमा डिभिवन वन कार्यालयले साँढे ८ लाख विरुवा वृक्षारोपण गर्ने डिभिवन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले बताउनुभयो ।
उहाँका अनुसार, सम्म परेको ठाउँमा साल, सिसौ, कर्मा, टिक, सतिशात लगायतका प्रजातिका लगाइनेछ । वृक्षा रोपनमा गाउँले, स्थानीय सरकार र राजनीतिक दलको साथले वन कार्यालयका कर्मचारीहरु उत्साहित भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्