विराटनगर, कोशी अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु
सुनसरी । विराटनगरमा कोरोना संक्रमित थप १ को मृत्यु भएको छ ।
कोशी अस्पतालमा उपचाररत विरटनगर उपमहानगरपालिका ८ का ६९ वर्षीय पुरुषको शनिबार मृत्यु जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताएका छन् ।
बस्नेतका अनुसार २२ भदौमा कोरोना संक्रमण पुष्टि भएका मृतक सुगर र प्रेसरका दिर्घरोगी थिए । उनको आज दिउँसो मृत्यु भएको हो ।
यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्