पाल्पामा आइपुग्यो पिसिआर मेसिन

पाल्पा । पाल्पामा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन आइपुगेको छ । सरकारले एक करोड रुपैयाँ निकासा गरेपछि पिसिआर मेसिन आएको हो ।
पाल्पामा कोरोना परीक्षण गर्नको लागि पिसिआर मेसिन स्थापना र ल्याब व्यवस्थापनका लागि सरकारले निर्णय नै गरेर एक करोड रुपैयाँ निकासा गरेको हो । त्यही अनुसार उक्त पिसिआर मेसिन शुक्रवार आइपुगेको हो ।
पाल्पाको जिल्ला समन्वय समितिको भवनमा निर्माण गरिएको ल्याबमा अत्याधुनिक मेसिन राख्ने गरी तयारी गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले मेसिन राखेपछि पाल्पालगायतका क्षेत्रको कोरोना परीक्षणका लागि सहज हुने बताउनुभयो ।
पाल्पामा पछिल्लो समयमा समुदाय स्तरमा कोरोना फैलिँदै गएको छ मेसिन स्थापना भएपछि पाल्पालीलाई समयमै परीक्षण गरेर नतिजा प्राप्त गर्न सहज हुने प्रदेश सांसद नारायण आचार्यले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्