तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै एकजुट हुनुपर्छः मन्त्री गुरुङ    

परासी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्रिय सङ्कट व्यवस्थापनमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आजदेखि शुरु भएको नेपाल जेसीजको भर्चुअल क्षेत्रीए सम्मेलनको उद्घाटन गर्दै उहाँले युवा एकतामा जोड दिनुभएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्न नेपाल जेसीज सहयात्री बनेको उल्लेख गर्दै उहाँले युवाको सहजिकरण र एकताबाट अहिलेको राष्ट्रिय सङ्कटलाई समाधान गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button