प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत कारोना संक्रमितको मृत्यु
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामको कोरोना विषेश अस्पतालमा उपचाररत रहनुभएका वर्ष ६५ का एक पुरुषको आज मृत्यु भएको छ ।
महोत्तरी जिल्लाको वथनाहा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नंं ४ मा घर भएका ती पुरुषलाई विगत ६ दिन देखि प्रादेशिक अस्पतालको कोरोना विषेश अस्पतालको भेन्टिलेटरमा राखेर उपचार हुदै आएकोमा आज मृत्यु भएको कोरोना अस्पतालका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिनु भएको छ ।
रुघा, खोकी, ज्वरो सहितको समस्याले पीडित रहेका पुरुषको दुई पटक पि सि आर गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा मधुमेह तथा उच्च रक्तचापको समस्या पनि थियो ।
योसँगै महोत्तरी जिल्लामा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या १२ पुगेको छ भने प्रदेशमा मृतकको संख्या १ सय ८ पुगेको सामाजिक विकास मन्त्रालयका बरिष्ठ चिकित्सक डा. कमलेश कुमार यादवले जानकारी दिनु भएको छ ।
प्रदेश नंं २ को पर्सा जिल्लामा ३९, बारामा १६, धनुषामा १३, महोत्तरीमा १२, सिरहामा १०, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ४ जना गरेर १ सय ८ जनाको मृत्यु भएको पनि सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्