रुपन्देहीमा १५ सय नाघ्यो संक्रमितको संख्या
रुपन्देही । शुक्रबार रुपन्देहीमा ८३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबारको तथ्यांकसँगै रुपन्देहीमा संक्रमितको संख्या १५०४ पुगेको छ ।
जसमध्ये ६९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।
शुक्रबार बुटवलमा ४६, भैरहवामा २२, तिलोत्तमा ७ जना संक्रमित थपिएका छन् भने मायादेवीमा २ जना, लुम्बिनी सांस्कृतिक, सैनामैना र देवदह नगरपालिका, शुद्धोधन, कोटहीमाइ, कञ्चन र नगरपालिकामा १(१ जनामा संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा शुक्रबारसम्म ७९३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्